रेनोको आधिकारीक डिलरमा ‘जि मोटर्स’


काठमाडौ उपत्यकामा रेनोले पहिलो आधिकारीक डिलरको रुपमा जि मोटर्सलाई नियुक्त गरेको छ।

भक्तपुरको सल्लाघारीमा रहने उक्त डिलरबाट बनेपासम्मका ग्राहक प्रत्यक्ष लाभान्वित हुने जि मोटर्सका प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए।

यस डिलरबाट सुरुमा बिक्रि मात्र हुने भएपनि निकट भविष्यमा सर्भिसिङको समेत सुविधा ल्याउने उनले बताए।

शोरुम अन्तराष्ट्रिय स्तरको हुने र यही महिना भित्र संचालनमा ल्याउने गेलालले दाबी गरे।

कम्पनीले नक्साल र थापाथलीमा शोरुम संचालन गरिरहेको बताएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.