महिन्द्रा टु ह्वीलरको सोरुम परासीमा


नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कको आधिकारीक डिलर वारिस अटोमोबाइल्सले हालै थ्रि एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा सहित परासी बजारमा शोरुमको उद्घाटन गरेको छ।

कम्पनी सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्रित गरेको जनाएको छ।

सर्वसुलभ तरिकाबाट बाइक तथा स्कुटर खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य रहेको जानकारी वारिस अटोमोबाइल्सका सन्चालक ईरफान वारिसले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.