अग्नि ग्रुपद्वारा महिन्द्रा बोलेरो पिकअप प्रदान


नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक विक्रेता अग्नि ग्रुपले मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ।

यस संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको जनाइएको छ।

हस्तान्तरण कार्यक्रम याक एण्ड यति होटलमा बुधबार सम्पन्न भएकोे कम्पनीले जनाएको छ।

अग्नि इन्कर्पोरेटेडका कार्यकारी निर्देशक सुजन वैद्यले महिन्द्रा बोलेरो गाडीको साँचो प्रदान गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.