लहानमा जेसीबीको आधिकारिक आउटलेट


नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय आफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् कम्पनीले जनाएको छ।

यो क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बताएको छ।

नयाँ ‘एआरओ’को उद्घाटन प्रदेश नं २ का सांसद लगनलाल चौधरीले गरेका हुन्।

उद्घाटन कार्यक्रममा नयाँ ‘एआरओ’का प्रबन्ध निर्देशक धनवीर महतोले सहज सेवा दिने र यसमा कुनै सम्झौता नहुने बताए। नयाँ ‘एआरओ’बाट जेन्युन पार्टसको विक्री गरिने कम्पनीले जनाएको छ।

एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेको र छिट्टै अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको बताएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.