नयाँ वर्षको अवसरमा डाट्सनको मेगा अफर


नेपालमा डाट्सन कारको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ‘नयाँ वर्षको मेगा अफर’ योजना प्रस्तुत गरेको छ।

यो योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन कारको खरिदमा लागू हुने कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकले डाट्सन कारको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउने छन्। त्यसका साथै लायल्टी बोनस, निःशुल्क कारका एक्सोसरिजहरु पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार जुनसुकै कारको खरिदमा १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र सडक करको सुबिधा प्राप्त सक्ने छन्। त्यसका साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो कारलाई नयाँ डाट्सनसँग साट्न सक्ने छन्।

यस योजना अन्तर्गत डाट्सन कार खरिद गर्ने ग्राहकले डाट्सन रेडि गो मा अधिकतम ३ लाख ७ हजार रुपैयाँ, डाट्सन गो मा अधिकतम ४ लाख ५ हजार रुपैयाँ र डाट्सन गो प्लसमा अधिकतम ४ लाख ५७ हजार रुपैयाँ सम्मको फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

डाट्सनका कारमा आकर्षक भित्रि डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि विशेषताहरु रहेको कम्पनीको दाबी गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.