‘हुन्डाई फेस्टिभ डिलाइट’ अफर को विजेता घोषित


हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निःशुल्क बिमा प्राप्त गरेका थिए।

यसका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लक्कि ड्र बाट २ जनालाई हुन्डाई इलाइट आइ २० र हुन्डाई एक्स सेन्ट जित्ने अवसर पाएको कम्पनीले जनाएको छ।

उक्त अफरको विजेताको घोषणा हिमालय टिभी मा लाइभ लक्की ड्र मार्फत चैत्र १६ गते गरिएको थियो।

सो अफरका १०० जना भाग्याशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ।

www.facebook.com/hyundainepal /  www.laxmihyundai.com

साथै, दुबई भ्रमणको १० जना भाग्यशाली बिजेताहरुमा सुजा बास्तोला (कुपन नंः७३५), महेस राजकर्णिकार (१२५८), कृष्ण राज पोख्रेल (११५०), अनिल कुमार श्रेष्ठ (१२७५), पेमा लामा (१५१), बालकृष्ण थापा (९६६), नीरज क्षेत्री (४३६), दान बहादुर चौहान (८८५), धन्जयन शर्मा बञ्जारा (३१६), सूर्य लाईफ इन्सुरेन्स कम्पनी (२८७) रहेको कम्पनीले जनाएको छ।

हुन्डाई फेसटिभ डिलाइट अफर अन्तर्गत, कुपन नम्बर ९८० का शुसन प्रसाद अधिकारीले ‘हुन्डाई इलाईट आइ२०’ प्राप्त गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हुन्डाई फेसटिभ डिलाइट अफर अन्तर्गत, कुपन नम्बर ८५३ का कन्काई आयल सपलायर्सले ‘हुन्डाई एक्सेनट’ प्राप्त गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.