थाइल्याण्डको ‘जिपिएक्स’ ब्राण्डको मोटरसाइकल नेपाली बजारमा


थाइल्याण्डको जिपिएक्स ब्राण्डका मोटरसाइकलको विक्रि वितरण शुरु भएको छ।

नेपालको लागि जिपिएक्स मोटरसाइकलको आधिकारिक वितरक ओमेगा अटोमोवाइल्स प्रालीले शुक्रवारवाट सेवा आरम्भ गरेको हो।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेश काजी श्रेष्ठले ग्वार्को स्थित शोरुममा रिवन काटेर मोटरसाइकलको औपचारिक विक्रि सुरु गरेका हुन्।

कम्पनीले हाल २ सय सिसिको लेजेन्ड, २ सय सिसि जेन्टरम्यान र १५० सिसिको डेमोन बजारमा ल्याएको छ।

कम्पनीले निकट भविष्यमै आफ्नो संजाल बढाउदै देशभर विक्रि शुरु गर्ने जनाएको छ।

हाल कम्पनीले लेजेन्डको ३ लाख ७३ हजार, जेन्टरम्यानको ३ लाख ९३ हजार र डेमोनको ३ लाख २३ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.