फोर्डको ‘मस्टाङ’ सार्वजनिक


नेपालको लागि फोर्डको आधिकारिक वितरक जिओ अटोमोवाइल्सले मस्टाङ  सार्वजनिक गरेको छ।

नेपालको लागि अमेरिकी राजदुत एलियाना टेप्लिट्जले मस्टाङ सार्वजनिक गरेकी हुन्। गत वर्षको नाडा अटो शोमा मस्टाङ अकर्षणको केन्द्र बनेको थियो।

५ लिटर इन्जिन क्षमता भएको मस्टाङमा भि ८ इन्जिन जडान गरिएको छ, जसले ६५०० आरपिएममा ४६० पिएस शक्ति दिन्छ भने ४२५० आरपिएममा ५३० एनएम टर्क उत्सर्जन गर्छ।

यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ।

२७२० मिलिमिटर ह्विल वेस भएको यस गाडीले ४ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको रफ्तार पकड्ने कम्पनीको दावी छ।

यसमा अटो अन अफ हेडल्याम्प, डे टाइम रनिङ लाइट, ९ वटा स्पिकर भएको साउण्ड सिस्टम, रेयर भ्यु क्यामरा रहेको छ।

यसका साथै ड्राइभरको लागि डबल फ्रन्ट एअरब्याग, यात्रुको लागि साइड एअरब्यागका साथै खुट्टाको सुरक्षाको लागी पनि एयर ब्याग रहेको कम्पनीले जनाएको छ।

त्यसका साथै पर्सनल सेफ्टी सिस्टम, ठोकिनु भन्दा पहिला सुचना दिने पोष्ट क्रयास अलटै सिस्टम पनि समावेश छ। यसमा मुलायम लेदर स्टेरिङ कभरका साथै इन्टेरियर पनि नरम रहेको कम्पनीले जनाएको छ।

यसका साथै एलइडी टेल लाइट, पावर स्टेरिङ लगायत अन्य धेरै फिचर्सहरु समावेश गरिएको छ।

कम्पनीले यसको मूल्य १ करोड ६९ लाख निर्धारण गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.