‘फोर्ड इको स्पोर्ट’, यस्ता छन् विशेषता (भिडियोसहित)


सन् २०१३ को जुलाईमा नेपाली बजारमा फोर्ड इको स्पोर्ट भित्रियो। त्यो बेलामा विक्रीको हिसाबले यसले नेपालमा फोर्डको सबै रेकर्ड तोडेको जिओ अटोमोबाइल्स प्रालिका जनरल म्यानेजर सुनिल बहादुर क्षेत्री बताउँछन्। यसको अत्यधिक मागले बुकिङ रोक्न परेको अनुभव क्षेत्रीले सुनाए।

इको इस्पोर्टको त्यही ‘चार्म’ अल न्यु इको स्पोर्टले पनि कायम गरेको क्षेत्रीको दाबी छ।

जिओ अटोमोबाइल्सले गत मंसिरमा इको स्पोर्टको नयाँ भर्सन ‘अल न्यु इको स्पोर्ट’ सार्वजनिक गरेको हो। यो अवधिमा ५ सयभन्दा धेरै युनिट विक्री भैसकेको क्षेत्रीको दाबी छ।

बेस मोडलमै गाडीमा चाहिने जति सबै फिचर्स भएकोले ग्राहकहरू निकै सन्तुष्ट रहेको कम्पनीले जनाएको छ।

‘पुरानो इको स्पोर्ट निकै लोकप्रिय भयो, नयाँ इकोस्पोर्टमा झन् नयाँ इन्जिन, नयाँ लुक्स, धेरै फिचर्स लगायतका विभिन्न विशेषता छन्’ क्षेत्रीले भने ‘ ग्राहकहरूले यसको लुक्स, पावर, पिकअप, इन्टेरियर लगायत सबै पक्ष मन पराउनु भएको छ।’

अल न्यु इको स्पोर्ट विक्रीपछिको सेवा र गाडीको गुणस्तर आदिको कारणले ग्राहकको रोजाइमा परेको कम्पनीको दाबी छ।

अल न्यु इको स्पोर्टमा कम्पनीले २ वर्ष अथवा १ लाख किलो मिटरको वारेन्टी प्रदान गर्छ।

‘हाम्रो वारेन्टी अरुको भन्दा फरक छ किनभने हामी बम्पर टु बम्पर वारेन्टी दिन्छौं जसमा गाडीको साना साना पुर्जाहरूको समेत वारेन्टी हुन्छ’ जनरल म्यानेजर क्षेत्रीले भने।

यसको मर्मत सम्भार र खर्च निकै कम हुने र ग्राहकलाई विक्रीपछिको सेवामा कम्पनीले कुनै सम्झौता नगर्ने कम्पनीको दाबी छ।

यसको टप मोडलमा ६ वटा एयर ब्याग, लेदर सिट, पुस स्टार्ट एण्ड स्टप बटम, २०.३२ सिएम टच स्क्रिन, रेयर भ्यु क्यामरा, फग ल्याम्प, अटो एसी, भ्वाइस कन्ट्रोल सिस्टम, लगायतका धेरै फिचर्स समावेश छन्।

१६ सयभन्दा बढी नयाँ पुर्जा राखेर बनाइनुका साथै शक्तिशाली इन्जिन र अझै राम्रो रूपमा यसलाई प्रस्तुत गरिएको कम्पनीको दाबी छ।

पेट्रोल तथा डिजल इन्जिनमा उपलब्ध नयाँ इको स्पोर्टको पेट्रोल भेरियन्ट ३ सिलिन्डर प्रयोग गरिएकोे छ। यसको इन्जिन क्षमता १४९७ सिसीको छ, जसले १२३ पीएस पावर दिन्छ भने १५० एनएम टर्क उत्सर्जन गर्छ।

त्यस्तै डिजल इन्जिनमा ४ सिलिन्डर प्रयोग गरिएको छ। यो १४९८ सिसीको क्षमतामा छ। यसले १ सय पीएस पावर दिन्छ र २ सय ५ एनएम टर्क उत्सर्जन गर्छ।

सात वटा रङमा उपलब्ध यस गाडी डिजेल र पेट्रोल दुबै ५–५ वटा मोडलमा उपलब्ध छन्।

कम्पनीले अल न्यू इको स्पोर्टको मूल्य पेट्रोल इन्जिनको ३३ लाख ९० हजार देखि ४८ लाख ९० हजार र डिजेल इन्जिनको ३८ लाख ९० हजार देखी ४९ लाख ९० हजार निर्धारण गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.