टाटा मोटर्सले गर्यो ‘नेक्सन ५ तोला सुन’ अभियानको विजेता घोषणा


टाटा मोटर्स नेपालले शुक्रबार आफ्नो फेसबुक अभियान ‘टाटा नेक्सन नाम कन्टेस्ट’ को विजेताहरु घोषित गरेको छ।

यस फेसबुक अभियानमार्फत ५ जना भाग्यशाली विजेताले १ तोला सुन जित्न सफल भएको कम्पनीले जनाएको छ।

फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्सको पेज लाईक गरी सहभागी भएका प्रतियोगीहरु मध्ये ५ जना भाग्यशाली विजेताहरु सुरज नेक्सननिरौला, महेश नेक्सन भट्टराई, हरि नेक्सन खड्का, राधा कृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुबोध विजयी भएको कम्पनीले जनाएको छ।

उक्त ईभेन्टलाई सम्बोधन गर्दै टाटा मोटर्सका जेनेरल म्यानेजर प्रविन खतिवडाका अनुसार पछिल्लो २ महिनामा, ६१८ जना सहभागीहरुले आफ्नो नाम परिवर्तन गरी बिचमा नेक्सन थपेका थिए।

उनले भने ‘हामीले ५ जना भाग्यशाली विजेता घोषित गरेतापनि ६१८ जना सहभागीहरु नै हाम्रो लागि विजेता हुन्’।

टाटा नेक्सनको यस फेसबुक अभियान जनवरी २०१८ देखि सुरु भई फेब्रुअरी २०१८ मा सम्पन्न भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.