टाटाले ल्यायो फेसबुकबाट सुन जित्ने योजना


टाटा मोटर्सले फेसबुकबाट ५ तोला सुन जित्ने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ५ जना भाग्यशाली विजेताहरुले १–१ तोला सुन जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुनको लागि प्रतियोगीहरुले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्सको फेसबुक पेज लाईक गर्नुपर्ने छ।

त्यस्तै टाटा नेक्सनको अर्को योजाना अन्तर्गत ३ जना फेसबुक प्रयोगकर्ताहरुले नयाँ स्मार्टफोन पनि जित्न सक्नेछन्।

जसको लागि फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अफडेट गर्नुपर्नेछ। अपडेट गरिएको प्रोफाइल पिक्चरमा वा अफडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रिनसटमा #TATANexon गरेर कमेन्ट गर्नुपर्नेछ। टाटा नेक्सनको यस फेसबुक अभियान फेब्रुअरी २०१८ मा अन्त्य हुने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.