यामाहाको एफजी २५ ‘राइड आउट’


यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी २५ का राइडरहरुका लागि पहिलो पटक ‘एड्भेन्चर्स’ तथा रोमाञ्चक ‘राइड आउट’ सम्पन्न गरेको छ।

‘सँगै हाँकौँ, सम्बन्ध झन् बलियो बनाऔँ’ नाराका साथ जेनेसिस क्याफेबाट सुरु भएको यात्रा धुलिखेलसम्म पुगेको थियो। यामाहाको ‘राइड आउट’मा राइडर समिर राना ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए।

सो अवसरमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यस्ता इभेन्टहरु आयोजना गर्दै लैजाने प्रतिबद्धता जनाए।
त्यसैगरी, नेपाली राष्ट्रिय क्रिकेटर तथा यामाहाका ब्रान्ड एम्बेसडर शरद भेषावकरले आफू पनि एफजी२५ को ‘राइडर’ भएको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.