भक्तपुरमा फोर्स गाडीको नयाँ शोरुम


जि मोटर्सले भक्तपुर सल्लाघारीमा फोर्स गाडीहरुको शोरुम संचालनमा ल्याएको छ।

स्पेयर पार्टसको सुविधा सहित खुलेको यो शोरुमबाट सवारी साधन खरिद गर्ने ग्राहकलाई विशेष छुटसहितका सुविधाहरु भएको संचालक कैलाश बाबु गेलालले जानकारी दिए।

त्यस्तै विभिन्न समितिहरुले एकैपटक ५ भन्दा धेरै गाडी खरिद गरेमा छुटसँगै विदेश भ्रमणको मौका पाउने गेलालले जानकारी दिए।

यस शोरुमले एक्सचेन्ज सुविधा पनि ल्याएको छ। यस योजना अन्तर्गत जनसुकै ब्राण्डको जस्तोसुकै पुरानो गाडीको उचित मुल्याङ्कन गरी फोर्सका गाडी खरिद गर्न सकिनेछ।

शोरुममा फोर्सको १४ सिट क्षमताको क्रुजर डिलक्स जिप, १६ सिट क्षमताको ट्राभलर रोयल बस, गोर्खा जिप, कार्गो किङ पिक अप, स्कुल बस लगाएतका गाडीहरु विशेष छुटमा पाउन सकिने बताइएको छ।

जि मोटर्सले कोशी अंचलको फोर्सको लागि इटहरीमा पनि डिलर खोल्ने तयारी गरिरहेको छ। कम्पनीले राजधानीको रविभवनमा टिभिएस टु ह्विलरको डिलर पनि संचालन गर्दै आइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.