खोटाङ्ग यातायात संघले थप्यो १९ टाटा सुमो


खोटाङ्ग यातायात व्यवसायी संघले १९ टाटा सुमो खरिद गरी संचालनमा ल्याएको छ। टाटा मोटरका कन्ट्री म्यानेजर अजितनारायण सिंह र खोटाङ्गका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले संयुक्त रुपमा सेवाको आरम्भ गरे।

राजधानीदेखि खोटाङसम्म यात्रा गर्नेहरुलाई यसले सहजता थपेको संघले जनाएको छ।  एक कार्यक्रमबीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरिएसँगै जिप सेवा सुरु भएको छ।

टाटा सुमोको बलियो इन्जिन र उच्च क्षमताले गर्दा रोजाईमा परेको व्यवसायीको भनाइ छ। भविष्यमा अझ गाडी थप्दै सेवा विस्तार गरीने संघले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.