हुन्डाईले ल्यायो गाडी किन्नेलाई नगद छुट दिनेगरी ‘विन्टर डिलाइट’ योजना


नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई विन्टर डिलाइट’ योजना ल्याउको छ।

यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजारसम्मको सेवा सुबिधा पाउने हुन्डाईले जनाएको छ।

हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, एक लाख सम्मको एक्सचेन्ज बोनस, २० हजार बराबरको लोयल्टी बोनस दिइने कम्पनीले जनाएको छ।

ग्राहकले पुरानो सवारीको स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको सुबिधाका साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि पाउने कम्पनीको भनाइ छ। चिसो मौसममा ल्याइएको यो योजना निश्चित अवधिका लागि मात्रै रहेको हुन्डाइले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.