अस्ट्रेलियाकाे हन्टर मोटरसाइकल पहिलोपटक नेपालमा


अस्ट्रेलियाको मोटरसाइकल ब्राण्ड ‘हन्टर’ पहिलो पटक नेपाली बजारमा आएको छ। हन्टर मोटरसाइकललाई नेपालको आधिकारिक विक्रेता राई मोटर्सले बजारमा ल्याएको हो।

आईतवार राजधानीमा एक कार्यक्रमका बिच हन्टरका ५ वटा मोटरसाइकलको अनावरण गरिएको हो। कम्पनीले यसको डेटोना ३५० सिसि, क्याफे रेसर ३५० सिसि, स्पाईडर ३५० सिसि, क्रुजर ३५० सिसि र स्नाईपर ३५० सिसि बजारमा ल्याएको छ।

यी मोडलहरु मध्य डेटोना ३५० सिसि स्पाईडर ३५० सिसि र क्रुजर ३५० सिसि अधिक्तम पावर ३४ बिपिएच र ८००० आरपिएम रहेको छ, त्यस्तै क्याफे रेसर ३५० सिसि, स्नाइपर ३५० सिसिको अधिक्तम पावर ३७ बिपिएच र ८००० आरपिएम रहेको छ।

यी सबै मोडलका बाइकमा एड्भान्स ईएफआई(ईलेक्ट्रोनिक फियुल इन्जेक्सन्) प्रणाली जडान गरिएको छ। त्यसैगरी यी सबै बाइकहरुमा ३५० सिसि, डबल सिलिन्डर, डबल कुलिङ सिस्टम (एयर, आयल) को इन्जिन र अगाडी डबल डिस्क ब्रेक जडान गरिएको छ।

कम्पनीले प्रत्येक बाइकमा २ बर्षको निशुल्क सर्भिसिङ र इन्जिनमा १ बर्षको वारेन्टी समेत प्रदान गरेको छ। ५ वटा आकर्षक रङ्गहरुमा उपलब्द यी सबै बाइकको मुल्य ६ लाख ३० हजार रहेको छ। यो बाइकको शोरुम बालुवाटरमा रहेको छ। कार्यक्रममा नेपालको लागि अस्ट्रेलियन राजदुत पिटर बडले नेपाल र अस्ट्रेलियको ब्यापारीक साझेदारी बढीरहेको र यसले दुबै देशलाई फइदा पुग्ने बताए।

अब चाडै नै नेपालभर हन्टर मोटरसाइकलका सर्भिससेन्टरहरु स्थापना गर्ने राई मोटर्सका अध्यक्ष निरज राइले बताए।

फाेटाे‍हरु: नारायण महर्जन/सेताेपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.