बजारमा पाइन्छन् २५ लाखमुनिका यी कार


यात्राका क्रममा धुलो, धुँवा, वर्षा लगायत मौसमी प्रभावबाट जोगिनका लागि कारलाई भरपर्दो सवारी साधनका रुपमा लिने गरेको पाइन्छ।
खरिद गर्न बैंकहरुले सहज रुपमा कर्जा प्रवाह गर्ने हुँदा पनि कारको लोकप्रियता बढेको जानकारहरु बताउँछन्।

विभिन्न कम्पनीहरुले मध्यमस्तरका ग्राहकलाई आकर्षित गर्न सस्ता कारहरु बजारमा ल्याएका छन्। नेपालमा डाट्सन, रेनो, हुन्डाइ, टाटा, मारुति सुजुकी, होण्डा लगायत कम्पनीहरुले मध्यम ग्राहकलाई लक्षित गरेर कारहरु भित्र्याइरहेका छन्।

बजारमा २५ लाखमुनिका कारहरु किन्न पाइन्छ। कार किन्ने रहर भएपनि मूल्य थाहा नपाउँदा धेरै शो–रुम धाउनु पर्ने वा फोन गरेर बुझ्नुपर्ने बाध्यता छ।

कारको मूल्यमा सधै एकरुपता पनि हुँदैन। प्रतिस्पर्धी बजार भएकाले कतिपय कम्पनीहरुले आफ्ना पुराना मोडलका गाडीहरुको मूल्य घटाउँदै लगेको पाइन्छ।

हाल बजारमा पाइने २५ लाखभन्दा कम मूल्य रहेका कारको सूची यस्तो छ।

हुण्डाई

मोडल सिसी मूल्य
इयोन डिलाईट ८१४ १६,९६,०००
इयोन डिलाईट प्लस ८१४ १७,९६,०००
इयोन मग्ना ९९८ २२,९६,०००

फोर्ड

मोडल इन्जिन क्षमता मूल्य
अल न्यु फिगो (पेट्रोल) एम्बीएन्ट १.२ लिटर २४,९९,०००

मारुती सुजुकी

मोडल सिसी मूल्य
अल्टो ८०० एसटिडी ७९६ १५,४९,०००
अल्टो ८०० एसी ७९६ १६,९९,०००
अल्टो ८०० एलएक्सआई ७९६ १७,९९,०००
अल्टो के१० भिएक्सआई ९९८ २०,१९,०००
न्यु वागन आर भिएक्सआई ९९८ २२,५९,०००

किया

मोडल मूल्य
पिकान्तो १.० एलएक्स आई २४,९९,०००

टाटा

मोडल सिसी मूल्य
इण्डिका एलएक्स सिआर४ १३९६ २३,९५,०००
ई–जेटा जिएलएक्स ११९२ २०,९५,०००
टिगोर आरटी एक्सइ ११९९ २४,९५,०००
टिगोर एक्सइ ११९९ २३,९५,०००

डाट्सन

मोडल मूल्य
गो–टी २२,६९,०००
गो–टी (ओ) २३,६९,०००
रेडी–गो डि १५,२५,०००
रेडी–गो ए १६,७९,०००
रेडी–गो टि १७,७९,०००
रेडी–गो टि(ओ) १७,९९,०००
रेडी–गो एस १८,७०,०००
रेडी–गो टि(ओ) १.० १९,४९,०००
रेडी–गो एस १.० २०,४९,०००

रेनो

मोडल सिसी मूल्य
क्विड ०.८ आरएक्सएल पेट्रोल ७९९ १९,८४,९००
क्विड ०.८ आरएक्सटी पेट्रोल ७९९ २१,०२,३००
क्विड ०.८ आरएक्सटी (ओ)पेट्रोल ७९९ २१,४८,९००
क्विड १.० आरएक्सटी पेट्रोल ९९८ २१,६९,४८०
क्विड १.० आरएक्सटी (ओ)पेट्रोल ९९८ २२,१७,४५५
क्विड १.० एएमटी आरएक्सएल पेट्रोल ९९८ २१,१७,४६५
क्विड १.० एएमटी आरएक्सटी (ओ)पेट्रोल ९९८ २३,५२,२९०

होण्डा

मोडल सिसी मूल्य
ब्रायो इएमटी ११९८ २४,८०,०००

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.