विभिन्न शहरमा रेनोको सर्भिस क्याम्प संचालन हुने


रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्सले ग्राहकको सुबिधाको लागि विभिन्न शहरमा ‘रेनो सर्भिस क्याम्प’ संचालनमा ल्याएको छ।

‘गिभ योर कार दी बेस्ट केयर’ स्लोगनका साथ आयोजना भएको सर्भिस क्याम्प पुस २० गतेसम्म चल्नेछ।

यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने कम्पनीको विश्वास छ। शाहारा अटोमोवाईल्स एण्ड कम्पनी बिर्तामोड झापामा मंसिर २६ र २७ गते, महाबिर अटोमोवाइल्स बिराटनगरमा मंसिर २८ र २९ गते क्याम्प संचालन हुने छ।

न्यु नारायणी मोर्टस जनकपुरमा पुस २, युनाइटेड अटो कन्र्सन नारायणगढमा पुस ४ र ५, जुपिटर ह्विल्स बुटवलमा पुस ७ र ८, भैरहवा अटो कम्पनी भैरहवामा पुस ९ र १० गते क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दाङको जोशी अटो भिल्लामा पुस १२, बगेश्वरी ट्रेड इन्टरनेशनल नेपालगंजमा पुस १४, विशेष माटोकर्प धनगढीमा पुस १६, र जोन्छेन ट्रेर्डस पोखरामा पुस १९ र २० गते क्याम्प संचालन हुने छ।

सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले बिभिन्न छुटका सुविधाहरु पाउने रेनोले जनाएको छ। जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निश्ल्क दिइने बताइएको छ।

उपत्यकाको कालोपुल र टेकुमा रेनोका सर्भिस सेन्टरहरु संचालनमा छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.