सुजुकी २ पांग्रेकाे एक्सचेन्ज अफर


भिजि सुजुकीकाे बुटवलका लागि अाधिकारिक बिक्रेता आर एस अटाेमोबाइलस आगामी पुस ३ गते देखि  सुजुकी मेगा एक्सचेञ्ज मेला संचालनमा ल्याउने भएको छ।

उक्त एक्सचेन्ज काे अबसर पारेर कम्पनीले कुनै पनि ब्राण्डका चालू अबस्थामा नरहेका, भण्डारण गरिएका, प्राबिधिक रुपमा जिर्ण रहेका समेत माेटरसाइकल तथा स्कुटर हरु लाई साेहि अबस्थामा नै न्युनतम २५ हजार मुल्याङकन गर्ने जनाएको छ।

साथै चालू अबस्थामा रहेका पुराना माेटरसाइकल स्कुटरकाे हकमा बजारमा प्रचलित मूल्य भन्दा १५ हजार अतिरिक्त बाेनस रकम समेत तुरुन्तै प्राप्त गर्न सक्ने आर एस अटाेमोबाइलसका संचालक रेशम खड्का ले जानकारी दिए।

साथै स्वत स्फुर्त खरिद गर्ने ग्राहकहरुका लागि समेत बिशेष छुट प्रदान गर्ने खड्क ले जानकारी दिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.