दसैँका लागि ल्याइएका ६० भेडाच्याङ्ग्रा मरे, दश लाख नोक्सान


फलेवास हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा सोमबार बाटोमै मरेका छन्।

दशैँ र तिहारका लागि लक्षित गरी पोखरा लैजाँदै गरेका करिब ६० भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन्। पोखराका व्यापारी प्रवीण अधिकारीले ल्याएका च्याङ्ग्रा एउटै ट्रकभित्र जबर्जस्ती कोचिएका कारण मरेका हुन्।

अधिकारीले २२ लाखको लगानीमा १३० भेडा च्याङ्ग्रा ल्याएको बताए। उनले पाँच दिन लगाएर उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा ल्याएको बताए। च्याङ्ग्रा मरेपछि अधिकारीको झण्डै १० लाखभन्दा बढी नोक्सान भएको छ । अन्य च्याङग्रा पनि अस्वस्थ छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.