भदौ २४ गतेको प्रदर्शनपछि भएको भौतिक पूर्वधारको पूननिर्माणको लागि विभिन्न तवरबाट रकम जुटाउने क्रम बढेको छ।
पुनर्निर्माणको लागि सरकारले बनाएको पुननिर्माण कोषमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले ५० लाख रूपैयाँ उपलब्ध गराएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
आइतबार संघले पुननिर्माण कोषमा जम्मा गर्ने ५० लाख रूपैयाँको चेक अर्थमन्त्री रामेश्वर खनाललाई दिएको हो।
यसअघि नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले पनि ५१ लाख रूपैयाँ कोषमा जम्मा गरेका थिए। त्यसबाहेक विभिन्न व्यक्ति तथा संस्थाले रकम जम्मा गरिरहेका छन्।