बजारमा सुकेको प्याजको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४२ देखि ४४ रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो दुई रूपैयाँ बढी हो।
सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४० देखि ४२ रूपैयाँमा कारोबार भएको थियो।
एक साताअघि भने कालिमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ३६ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।
भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूका अनुसार प्याजको भाउमा अन्य तरकारीको जस्तो धेरै अन्तरको घटबढ हुँदैन।