बजारमा हरियो प्याजको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
सोमबार कालीमाटी बजारमा हरियो प्याज प्रतिकिलो थोक मूल्य ७० देखि ८० रूपैयाँमा बिक्री भइरहेको छ।
एक साताअघिको तुलनामा यो प्रतिकिलो ३० देखि ४० रूपैयाँ सस्तो हो।
गत साता सोमबार कालीमाटीमा हरियो प्याज प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय २० रूपैयाँमा कारोबार भएको थियो।
आपूर्तिको आधारमा सामानको मूल्य घटबढ हुन्छ।
अहिले बजारमा हरियो प्याज मुख्य गरी भक्तपुरबाट आइरहेको व्यवसायीहरूको भनाइ छ।