बजारमा हरियो धनियाँको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
मंगलबार कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो थोक मूल्य न्यूनतम २२ देखि अधिकतम ३० रूपैयाँमा कारोबार भइरहेको छ।
एक साताअघिको तुलनामा यो प्रतिकिलो ८ देखि १० रूपैयाँ बढी हो।
एक साताअघि बजारमा हरियो धनियाँ प्रतिकिलो थोक मूल्य न्यूनतम ३० देखि ४० रूपैयाँमा बिक्री भइरहेको थियो।
मागभन्दा बढी आपूर्ति भएकाले धनियाँको मूल्य घटेको व्यवसायीहरू बताउँछन्।
हाल कालीमाटी बजारमा मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर तथा कुलेखानी लगायतका क्षेत्रबाट हरियो धनियाँ आउने गरेको छ।