बजारमा गाजरको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक हेर्दा सोमबार कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम ५५ देखि अधिकतम ६५ रूपैयाँ किलोमा कारोबार भइरहेको छ।
दुई/तीन अघिको तुलनामा यो प्रतिकिलो सात रूपैयाँले बढी हो।
दुई/तीन अघि कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम ४८ देखि अधिकतम ५८ रूपैयाँ किलोमा कारोबार भइरहेको थियो।
एक साताअघि कालीमाटी बजारमा गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम २५ देखि अधिकतम ३५ रूपैयाँ किलोमा कारोबार भइरहेको थियो।
अहिले बजारमा गाजरको सिजन सकिन लागेकाले मूल्य बढिरहेको व्यवसायीहरू बताउँछन्।