बजारमा बन्दाको मूल्य स्थिर छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटीको तथ्यांक अनुसार सोमबार बन्दा प्रतिकिलो थोक मूल्य न्यूनतम दशदेखि पन्ध्र रूपैयाँमा बिक्री भएको छ।
आइतबार पनि बन्दा सोही मूल्यमा कारोबार भएको थियो।
शुक्रबार भने बजारमा बन्दा प्रतिकिलो थोक मूल्य न्यूनतम ८ रूपैयाँदेखि अधिकतम १२ रूपैयाँमा कारोबार भइरहेको थियो।
अहिले बजारमा बन्दा मागभन्दा बढी आपूर्ति भएकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्।
हाल काठमाडौंमा बन्दा भक्तपुर, धादिङ, काभ्रे, मकवानपुर लगायतका क्षेत्रबाट आइरहेको छ।