बजारमा तिते करेलाको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
मंगलबार कालीमाटी बजारमा तिरे करेला प्रतिकिलो थोक मूल्य ३५ देखि ७० रूपैयाँ छ।
एक साताअघिको तुलनामा यो मूल्य १५ देखि ४० रूपैयाँ महँगो हो।
एक साताअघि कालीमाटी बजारमा तिते करेला प्रतिकिलो थोक मूल्य २० देखि ३० रूपैयाँ थियो।
डेढ महिनाअघि कालीमाटी बजारमा तितेकरेला प्रतिकिलो थोक मूल्य एक सय २० देखि एकसय ३० रूपैयाँसम्म थियो।
आपूर्तिका आधार करेलाको मूल्य घटबढ हुन्छ।
व्यवसायीहरूका अनुसार अहिले बजारमा आएका सबै करेला स्वदेशी उत्पादन हो।
हाल बजारमा पाँचखाल, धादिङ, मकवानपुर लगायतका क्षेत्रबाट बढी मात्रामा करेला आइरहेको छ।