कालीमाटी बजारमा बिहीबार बन्दा र काउली प्रतिकिलो थोक मूल्य १० रूपैयाँमा बिक्री भइरहेको छ।
कालीमाटी बजार विकास समितिको तथ्यांक हेर्दा बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको थियो।
बजारमा काउली स्थानीय, ज्यापु र तराई गरी तीन प्रकारका आउँछन्। ज्यापु काउली भने प्रतिकिलो थोक मूल्य १५ रूपैयाँ छ।
त्यस्तै, बन्दा लोकल, तराई र नरिवल गरी तीन प्रकारका छन्। यी तिनै प्रकारका बन्दा मूल्य प्रतिकिलो १० रूपैयाँ नै छ।
अन्य तरकारीको मूल्य पनि सस्तो छ। मुला, रायोको साग, गोलभेँडा, फर्सी लगायतका तरकारीको मूल्य पनि न्यूनतम १० देखि २० रूपैयाँमा कारोबार भइरहेको समितिको तथ्यांकले देखाएको छ।
तरकारीको मुख्य सिजन भएकाले तरकारीको भाउ घटेको हो। सिजन सकिन थालेसँगै मूल्य बढ्दै जानेछ।