बजारमा बन्दाको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक हेर्दा मंगलबार बन्दा प्रतिकिलो थोक मूल्य १२ रूपैयाँ पुगेको छ। यो सोमबारको तुलनामा २ रूपैयाँ बढी हो।
सोमबार कालीमाटी बजारमा बन्दा प्रतिथोक मूल्य १० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार काउलीको मूल्य भने प्रतिकिलो २ रूपैयाँका दरले घटेको छ।
कालीमाटी बजारमा मंगलबार काउली प्रतिथोक मूल्य ८ रूपैयाँमा कारोबार भएको छ। सोमबार काउली प्रतिथोक मूल्य १० रूपैयाँमा कारोबार भएको थियो।
पछिल्लो केही महिनायता तरकारीको मूल्य निकै सस्तिएको छ। मुख्य सिजन भएकाले तरकारीको मूल्य सस्तिएको हो।
कालीमाटी बजारमा स्थानीय, तराई र ज्यापु गरी तीन प्रकारको काउली आउँछ। ज्यापु काउली भने प्रतिथोक मूल्य १५ रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, लोकल, तराई र नरिवल गरी तीन प्रकारका बन्दा बजारमा पाइने गरेको छ। लोकल बन्दा प्रतिकिलो १२ रूपैयाँमा कारोबार भएको छ भने तराई र नरिवल बन्दा प्रतिकिलो १० रूपैयाँले नै कारोबार भएको छ।
कालीमाटीको तथ्यांक हेर्दा रायोको सागको मूल्य पनि घटेको छ।
मंगलबार रायोको साग प्रतिथोक मूल्य ८ रूपैयाँमा कारोबार भएको छ। सोमबार भने रायो १० रूपैयाँ किलोमा कारोबार भएको थियो।
तरकारीको थोक मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि घटेको छ।