बजारमा एभोकाडोको मूल्य बढेको छ।
माग अनुसारको आपूर्ति नभएकाले एभोकाडोको मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।
‘बजारमा एभोकाडोको आपूर्ति एकदमै न्यून छ। माग भने बढेको छ,’ उनले भने।
उनका अनुसार एभोकोडोको मूल्य बढेको साता/दश दिन हुन लाग्यो। नेपाली एभोकाडोको सिजन सकिएकाले अहिले मूल्य बढ्न थालेकाे हो। अहिले बजारमा स्वदेशी एभाेकाडाे मात्रै बजारमा छ भारतबाट भित्रिएकाे छैन।
साता/दश दिनअघि एभोकाडो प्रतिकिलो थोक मूल्य एक सय ८० देखि २ सय रूपैयाँ थियो। अहिले बढेर प्रतिकिलो थोक मूल्य २ सय २० देखि ३ सय रूपैयाँसम्म पुगेको छ।
उनका अनुसार यो महिनाभरि नेपाली एभोकाडो बजारमा आउँने छ। त्यसपछि भने भारतीय एभोकाडो भित्रन सुरू हुनेछ।
हाल बल्खु बजारमा काठमाडौं, भक्तपुर, ललितपुर, गोखा, काभ्रे, धनकुटा लगायतका क्षेत्रबाट एभोकाडो आउने गरेको छ।
थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको व्यवसायीहरू बताउँछन्।
साता/दश दिन प्रतिकिलो दुई सय ५० देखि तीन सय रूपैयाँमा पाइरहेको एभोकाडो अहिले बढेर प्रतिकिलो ४ सयदेखि ४ सय ५० रूपैयाँसम्म पुगेको छ।