सिजन सुरू भएसँगै बजारमा केही तरकारीको भाउ सस्तिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउली र बन्दाको न्यूनतम मूल्य १० रूपैयाँ प्रतिकिलो छ।
लोकल बन्दा १० देखि २० रूपैयाँ, तराईको बन्दा १० देखि १५ रूपैयाँ, नरिबल बन्दा १० देखि १५ रूपैयाँ, स्थानीय काउली १० देखि १५ रूपैयाँ, ज्यापु काउली १५ देखि २० रूपैयाँ, तराईको काउली १० देखि १५ रूपैयाँ मूल्य कायम छ।
त्यस्तै हरियो फर्सी १० देखि २० रूपैयाँ निर्धारण गरिएको छ।
रातो मूलाको भाउ २० देखि २५ रूपैयाँ, तोरीको साग २० देखि ३० रूपैयाँ, लाम्चो भन्टा २० देखि ३० रूपैयाँ, सेतो मुला १५ देखि २५ रूपैयाँ, गाजर २० देखि ३० रूपैयाँ, गोलभेडाँ सानो १८ देखि २५ रूपैयाँ, सानो गोलभेँडा २५ देखि ३० रूपैयाँ प्रतिकिलो छ
यस्तो छ अरू तरकारीको भाउः