बजारमा गाजरको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
बजारमा गाजर लोकल र तराई गरी दुई प्रकारका आउँछन्।
समितिको तथ्यांक अनुसार सोमबार कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य ४० देखि ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकिलो १० रूपैयाँ बढी हो।
आइतबार कालीमाटी बजारमा गाजर थोक मूल्य प्रतिकिलो ३० देखि ४० रूपैयाँमा कारोबार भइरहेको थियो।
बजारमा लोकल गाजरको माग बढी भएकाले आपूर्तिका आधारमा मूल्य घटबढ भइरहने कालीमाटी बजारका व्यवसायी बताउँछन्।
हाल बजारमा काठमाडौं, भक्तपुर तथा तराईबाट गाजर आइरहेको छ।