वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवदेन माग गरेको छ।
सोमबार एक सूचना जारी गर्दै आवेदन माग गरेको हो।
सूचना अनुसार गहुँ आयात गर्न इच्छुक कम्पनी वा फर्मले सात दिनभित्र आवेदन दिन विभागमा आवेदन दिनुपर्नेछ।
त्यस्ता कम्पनीले न्यूनतम एक सय मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्म आयात गर्न सक्नेछन्। आफूले आयात गर्ने परिमाण आवेदनमा स्पष्ट खुलाउनु पर्नेछ।
अनुमाति प्राप्त गरेका कम्पनीले कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र आयात गरिसक्नु पर्ने विभागले बताएको छ।
गहुँ आयात गर्न नसक्ने भएमा अनुमति प्राप्त भएको मितिले पन्ध्र दिनभित्र विभागलाई जानकारी दिनुपर्ने सूचनामा उल्लेख छ।