बजारमा तरकारीको मूल्य स्थिर छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यस्तो देखिएको हो।
आज कालीमाटी बजारमा बन्दा, काउली, हरियो फर्सी, रायोको साग प्रतिकिलो थोक मूल्य दश रूपैयाँ छ। यी तरकारीको मूल्य एक सातादेखि सोही मूल्यमा कारोबार भइरहेको छ।
आजभोलि तरकारीको मुख्य सिजन हो। कालीमाटी बजारमा काठमाडौं उपत्यका लगायत बाहिरी जिल्लाबाट पनि तरकारी भित्रिन्छन्।
मागभन्दा उत्पादन धेरै भएकाले अहिले तरकारीको मूल्य घटेको छ।
थोक मूल्य घटेसँगै खुद्रा मूल्य पनि घटेको व्यवसायीहरूको भनाइ छ।