बजारमा रायोको सागको भाउ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यस्तो देखिएको हो।
आज कालीमाटी बजारमा रायोको साग प्रतिकिलो थोक मूल्य दश रूपैयाँ छ।
माघ लागेदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ। पुस अन्तिम साता भने प्रतिकिलो १५ रूपैयाँमा बिक्री भइरहेको छ।
आजभोलि रायोको सागको मुख्य सिजन हो। कालीमाटी बजारमा काठमाडौं उपत्यका लगायत बाहिरी जिल्लाबाट पनि साग भित्रिन्छन्।
मागभन्दा उत्पादन भएकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्। बेमौसममा रायोको होलसेल मूल्य प्रतिकिलो दुई सय ५० रूपैयाँ किलोसम्म पुगको थियो।
कालीमाटी बजारमा बन्दा, काउली, हरियो फर्सी लगायतका तरकारी पनि प्रतिकिलो दश रूपैयाँले कारोबार भइरहेको समितिको तथ्यांकले देखाएको छ।
थोक मूल्य घटेसँगै खुद्रा मूल्य पनि घटेको व्यवसायीहरूको भनाइ छ।