बजारमा तरूलको भाउ सस्तिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार सोमबारको तुलनामा मंगलबार तरूल प्रतिकिलो १० रूपैयाँले घटेको छ।
सोमबार तरूल थोक मूल्य प्रतिकिलो एक सयदेखि एक सय २० रूपैयाँमा कारोबार भएकोमा मंगलबार ९० देखि एक सय रूपैयाँमा कारोबार भएको छ।
खपत कम भएपछि मूल्य घट्न थालेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्।
'बजारमा कहिले बढ्ने कहिले घट्ने नै हुन्छ,' उनले भने, 'अब खपत कम भएपछि घट्दै जान्छ।'
उनका अनुसार माघेसंक्रान्तिमा तरूलको माग बढी हुने भएकाले मूल्य पनि बढेको थियो। संक्रान्तिपछि तरूलको मूल्य थोरै घट्दै जानेछ।