माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौंमा तरूलको कारोबार बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा तरूल किन्न आउने ग्राहको चाप बढ्न थालेको छ।
कालीमाटीसहित अन्य क्षेत्रमा पनि तरूलको व्यवसाय र तरूल किन्ने ग्राहकको चहलपहल बढेको छ।
माघे संक्रान्तिमा तरूल, सखरखण्डा, घ्यू, चाकु, तिलको लड्डु लगायत खाने प्रचलन छ।
कालीमाटीमा आज तरूलको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।
तस्बिरहरूः