लन्डन वेलायतको सबै भन्दा पुरानो मानिएको नेपाली संस्था यति नेपाली एसोसिएशनले २९ औं कार्यसमितीको निर्विरोध चयन गरेको छ । आईतवार लन्डनमा सम्पन्न संस्थाको अधिवेशनले समाजसेवी ध्रुब केसीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो ।
बिगत ३ दशक भन्दा बढी संस्था संग आवद्द केसी यसअघि संस्थाको कोषाध्यक्ष, सचिव र उपाध्यक्ष लगायतका पदमा रहेर काम गरिसकेका व्यक्ति हुन । हस्पिटालिटी क्षेत्रबाट आफ्नो व्यावसायिक पहिचान बनाएका केसी नेपाल पर्यटन बोर्ड, क्याटरिङ एसोसिएशन, टुरिजम अर्गनाइजेशन लगायतको क्षेत्रमा प्रतिनिधी तथा संस्थापकको रुपमा लामो समय क्रियाशील रहेका थिए ।
यतिको नवनिर्वाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा बाचस्पति रेग्मी, उपाध्यक्षमा जीवन सेन, महासचिवमा मुकुन्द वास्तोला, सह सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा देव गुरुङ, सांस्कृतिक सचिवमा माया केसी, सामाजिक सचिवमा जित रानाभाट, प्रकाशन सचिवमा काशीराज बोहोरा र सदस्यमा तिलक भट्टराई चयन भएका छन ।
पूर्व अध्यक्ष उमेश मोक्तान र रत्न श्रेष्ठ सम्मिलित निर्वाचन समिती संयोजक आर के त्रिपाठीले सर्वसम्मत कार्यसमितीको घोषणा गरेका थिए ।
अधिवेशन कार्यक्रममा प्रमुख अतिथी डा. राघव धिताल, पूर्व अध्यक्ष उमेश मोक्तान, एन आर एन आई सी सी सदस्य राम शरण शिंखडा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सन् १९६० मा स्थापित यती नेपाली एशोसियसन वेलायतमा मात्र नभएर यूरोपमै नेपालीहरुको सबैभन्दा पुरानो संस्था मानिन्छ ।