बलात्कारको अभियोगमा यहाँका एक नेपालीलाई अदालतले १३ वर्षको जेल सजाय तोकेको छ।
बेलायतको रेडिङमा एक २२ वर्षे युवकलाई बलात्कार गरेको अभियोगमा दोषि ठहर गर्दै देउकुमार लिम्बुलाई उक्त सजाय दिइएको हो।
गत वर्षको जुनमा भएको घटनामा रेडिङ क्राउन कोर्टले लिम्बूलाई दोषि ठहर गरेको हो।
१३ वर्षको जेल सजाय गरिए पनि उनले आधा अवधि समुदायमै कटाउन पाउनेछन्। राम्रो आचरण प्रदर्शन गर्न सके उनको समय सीमा थप कटौती हुन सक्नेछ।
अदालतमा बयानको क्रममा लिम्बूले सहमतिमै यौन सम्पर्क राखेको बताए पनि पीडित युवाले दिएको प्रमाण र सिसीटिभी फुटेजलाई आधार मानेर उनलाई दोषि ठहर गरिएको हो ।
गत जुन महिनाको कुनै दिन एकाबिहानै नाइट आउटबाट फर्किंदै गरेका ती युवा लिम्बूको शिकार बनेका थिए। आफूसँग बाटो सोधेका उनलाई मौकाको फाइदा उठाएर अभियुक्त लिम्बूले नजिकैको खेलमैदानमा लगेर जबरजस्ती यौनसम्पर्क राखेका थिए ।
लिम्बूका श्रीमती र एक १७ वर्षीय छोरा रहे पनि अहिले उनीहरू हङकङमा रहेको बताइएको छ।