गैर आवासीय नेपाली संघ बेलायत अन्तर्गत वेल्स राज्य समन्यव परिषद गठन गरिएको छ । आईतवार वेल्सको कार्डिफमा एन आर एन यूके द्वारा आयोजित एक कार्यक्रममा रामचन्द्र पोख्रेलको अध्यक्षतामा एनआरएन यूके वेल्स राज्य परिषद गठन भएको हो। पोख्रेल वेल्स नेपाली समाजका अध्यक्ष समेत रहेका छन्।
नवगठित तदर्थ समितिको उपाध्यक्षमा खिम क्षेत्री, सचिवमा निरालाल मोक्तान, सह सचिवमा प्रकाश कँडेल, कोषाध्यक्षमा विभूषणमान श्रेष्ठ र सह कोषाध्यक्षमा एक बहादुर आले छन्।
त्यसैगरी समन्यव परिषदको सदस्यहरुमा बलाराम अधिकारी, रामेश्वर देवकोटा, दिपक लिम्बु, सीता राई, डा. जीवन केसी, मेमराज न्यूपाने चुनिएका छन्। तदर्थ समितिको चयनमा एन आर एन यूकेका सल्लाहकार शिवजी श्रेष्ठले संयोजन गरेका थिए ।
कार्यक्रममा एन आर एन यूकेका अध्यक्ष योग कुमार फगामी, उपाध्यक्ष तथा राज्य समन्वय विभागका प्रमुख ललित कुमार न्यौपाने, उपाध्यक्ष प्रेम गाहा मगर, महासचिव राजकुमार त्रिपाठी लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
एन आर एन यूकेको क्षेत्रीय अवधारणामा जाने योजना अन्तर्गत नर्दर्न आयरल्याण्ड ल्याण्डमा यस अघि नै समिती चयन गरिएको छ भने स्कटल्याण्डमा आगामी जुलाई २ मा र इंगल्याण्डमा जुलाई १५ मा समन्वय परिषद गठन गर्ने तयारी छ । एन आर एन यूकेको वैधानिक व्यवस्था अनुरुप नवगठित राज्य समितीहरुले राज्य सभाको आयोजना मार्फत साधारण सभा अगावै वैधानिकता पाईसक्नु पर्नेछ ।