नेपालका चर्चित कलाकारहरुको प्रस्तुतिमा बेलायतमा एक भव्य संगीतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ। मगर संघ यूकेले वर्षेनी गर्दै आएको नेपाली ओपन कन्सर्ट यस वर्ष ३ हजार बढी दर्शकले प्रत्यक्ष हेरेका थिए।
कन्सर्टमा सागर आले, मिना लामा, विमलराज क्षेत्री, प्रिती आले, मनसुदन थापा, कल्पना गुरूङ पुनलगायतका कलाकारले सांगीतिक प्रस्तुती दिएका थिए।
कार्यक्रम हेर्न बेलायतका विभिन्न क्षेत्रबाट नेपालीहरु भेला भएका थिए।
बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा स्थानीय रश्मोर बरोका डेपुटी मेयरका साथै बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो।
मगर संघ यूकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष तथा संयोजक बोम थापा सूर्यवंशीले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रमको सञ्चालन लालबहादुर पुन र तुलचन्द्र तिलिजाले गरेका थिए।
मगर संघ युकेको मुखपत्र कानुंग लांघा समेत सोही कार्यक्रममा विमोचन गरिएको थियो।