प्रवासी नेपाली मञ्च युकेको १३ औं स्थापना दिवस


 

प्रवासी नेपाली मन्च यूकेले आफ्नो स्थापनाको १३ औं स्थापना दिवस  लन्डनमा एक कार्यक्रमको आयोजना गर्दै मनाएको छ। लन्डन ह्यारोमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत, स्थानीय बेलायती सांसद तथा एन आर एन एवम् अन्य सामाजिक अगुवाहरुले मञ्चको स्थापना दिवसमा शुभकामना प्रदान गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरुको भूमिका उल्लेख्य रहने बताए।

कार्यक्रममा बोल्दै लेबर पार्टीका सांसद तथा स्याडो सेक्रेटरी अफ स्टेट फर इन्टरनेशनल ट्रेड बेरी गार्डीनरले बेलायतमा नेपाली समुदायको योगदान बारे चर्चा गरेका थिए ।

त्यसैगरी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव परिषदका उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकताको पूर्णताको लागि प्रवासी मञ्चलगायतका अन्य नेपाली संगठनहरुको ऐक्यवद्धताको अपेक्षा रहेको बताए।

कार्यक्रममा जन सम्पर्क समिति आवद्द विश्व आदर्श पण्डित, पत्रकार महासंघ बेलायतका नरेश खपांगी मगर, गोर्खा भूतपूर्व सैनिक सङ्गठनका कृष्ण कुमार राई, जन प्रगतिशील नेपाली मन्च बेलायतका पूर्ण लक्सम, ह्यारो लेबर ग्रुपकी अध्यक्ष पामेला प्याट्रिक, प्रवासी मंचका संस्थापक अध्यक्ष आंकलजंग लामा लगायतले शुभकामना व्यक्त गरेका थिए।

प्रवासी नेपाली मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीले मन्चको ऐतिहासिक योगदानको चर्चा गरेका थिए। महासचिव विजय लिंगदेनले संचालन गरेको कार्यक्रममा मन्चका उपाध्यक्ष रामजी  बरालले उपस्थितहरुलाई  स्वागत गरे ।

कार्यक्रमको दोस्रो चरणमा बिभिन्न सांस्कृतिक प्रस्तुतीहरु देखाईएको थियो जसको संयोजन कृष्ण तिवारीले गरेका थिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.