गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा यज्ञमणि (भरत ) रेग्मी चयन भएका छन्।
केन्याको राजधानी नैरोबीमा भएको एनआरएनए नैरोबीको सातौं राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा शोभाकर भण्डारी, महिला उपाध्यक्षमा कल्याणी काफ्ले, उपाध्यक्षमा विष्णु भुषाललाई चयन गरेको हो। त्यस्तै महासचिवमा दिपक अधिकारी, सचिवमा किसन राउत कोषाध्यक्षमा कमलराज अधिकारी, महिला संयोजकमा कविता अधिकारी चयन भएका छन् भने युवा संयोजकमा सूर्य श्रेष्ठ सहित उन्नाइस सदस्य रहेको नयाँ कार्यसमिति दुई वर्षको लागि चयन गरेको छ।
त्यस्तै, संरक्षकमा कुलबहादुर कार्की, कृष्ण दत्त भट्ट, यादव काफ्ले र कृष्ण प्रसाद गैरे चयन भएका छन्।
सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष शिव लाल अधिकारी, कृष्ण प्रसाद भण्डारी, लक्ष्मण गैरे, लक्ष्मी बुलुन, मान बहादुर कामी छन्।
नयाँ कार्य समितिका सदस्यहरूमा पिताम्बर पाण्डे, सन्तोष कँडेल, आकृति खनाल, जोग मेहता, मदन श्रेष्ठ (हिमाल) ,जगन्नाथ रेग्मी, सबिता महर्जन, जेनि सुब्बा, अभिमन्यु कुमार सिंह, मदन श्रेष्ठ र अर्जुन भण्डारी सर्वसम्मतिले चयन भएका छन्।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यज्ञमणि ( भरत) रेग्मीले आगामी कार्यकाललाई सफल बनाउन सबैले हातेमालो गर्दै यो समितिलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।