मलेसियाबाट स्वदेश फर्कन लागेका एक युवक लुटिएका छन् । मनाङका भुपेन्द्र घले बुधबार क्वालालाम्पुर विमानस्थल जाने क्रममा ट्याक्सी चालकबाट लुटिएका हुन् ।
मलेसियाको समय अनुसार उनको विहान ८ बजेको फ्लाइट थियो। टिबिएस बाट एयरपोर्ट जाने क्रममा ट्याक्सी चालकले बीच बाटोमा पुर्याएर उनीसँग रहेको नगद, मोबाइल र घरमा परिवारलाई ल्याउन लागेको सामानहरु लुटेका हुन् ।
ट्याक्सी चालकले उनको पासपोर्ट पनि च्यातिदिएका छन् । उनीमाथि कुटपिटसमेत भएको छ। उनलाई मलेसियामा नै रहेका नेपालीहरुले उद्धार गरेका छन् ।
तस्बिर- राम नेपालको फेसबुकबाट