क्षेप्यास्त्र परीक्षण सफल भएको भन्दै किम जोङले दिए भोज


उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षण निकै सफल भएको भन्दै राष्ट्रपति किम जोङ उनले रात्रिभोज आयोजना गरेका छन्।

यो ठूलो सफलता भएको भन्दै यसमा देशले नै गर्व गर्नुपर्नेमा जोड दिएका उत्तर कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन्।

रात्रिभोजमा क्षेप्यास्त्र बैज्ञानिकहरुलाई विशेष निम्ता गरिएको थियो। राष्ट्रपति किमले उनीहरुलाई थप क्षेप्यास्त्र विकास र विस्तार गर्न निर्देशन दिएका पनि समाचारमाध्यमले जनाएका छन्।

उत्तर कोरियाले संयुक्त राष्ट्र संघको चेतावनी र अन्तर्राष्ट्रिय समुदायको आग्रह बेवास्ता गर्दै बारम्बर क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ।

छिमेकी देशमा कम्पन महशुस हुने गरी गतसाता उत्तरले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो। उसले यसलाई हाइड्रोजन बम भएको दावी गर्दै आएको छ।

उत्तरको यो कदम निन्दनीय भएको भन्दै विश्वव्यापी आलोचना भइरहेको छ। अमेरिकाले आफ्नो नाकाबन्दी झन् कडा बनाउने र यूरोपियन युनियनले पनि नाकाबन्दीको तयारी गरिरहेको छ।

यही क्रममा राष्ट्रपति किम भने आफ्ना परीक्षणमा खुसी मनाइरहेका खबरले सबैमा थप तनाव सिर्जना गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.