उत्तर कोरियामाथि युरोपियन युनियनले पनि नाकाबन्दी लगाउने


युरोपियन युनियनले उत्तर कोरियाविरुद्ध थप नाकाबन्दी लगाउने तयारी गरिरहेको छ।

संस्थाकी कूटनीतिक विभाग प्रमुख फेडरिका मोगारिनीले दिएको जानकारी अनुसार पछिल्लो समय उत्तर कोरियाले गरेको आणविक परीक्षणविरुद्ध इयूले हाल नाकाबन्दी थप कडा बनाउनेबारे तयारी सुरु गरेको हो।

फेडरिका मोगारिनीले भनेकी छन्, ‘उत्तर कोरियाविरुद्धमा थप नाकाबन्दी लगाउनेबारे मैले मन्त्रिपरिषदका सदस्यलाई भनेकी छु, अब यसले छिट्टै नै पूर्णता पाउने छ।’

उत्तर कोरियामाथि विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी तथा कारबाही घोषणा गर्ने जनाएका छन् । सो आणविक परीक्षणको विरोध गर्दै आएको इयूले पनि उसमाथि नाकाबन्दी लगाउने तयारी गरेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.