भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रीमण्डल विस्तार


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मन्त्रीमण्डल विस्तार गरेका छन्।

पुनर्गठित मन्त्रीमण्डलका नौमध्ये चारलाई ‘क्याविनेट’ मन्त्रीका रूपमा ल्याइएको छ। सबै मन्त्रीले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।

मोदी सरकारको तेस्रो पटकको मन्त्रीमण्डल विस्तारमा मुख्तर अव्वास नाग्भी, धर्मेन्द्र प्रधान, पियुष गोयल र निर्मला सीतारमणलाई मन्त्रीपरिषदमा पदोन्नती गरिएको छ भने नौ जनालाई राज्यमन्त्री नियुक्त गरिएको छ। यससँगै भारतीय मन्त्रीपरिषदमा २७ क्याविनेट मन्त्रीसहित ७६ सदस्य पुगेका छन्।

आज भएको मन्त्रीमण्डल विस्तारपछि निर्मला सीतारमणलाई रक्षा, पीयूष गोयललाई रेल, धर्मेन्द्र प्रधानलाई पेट्रोलियम तथा कौशल विकास र सुरेश प्रभुलाई उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.