मोदी सरकारका पाँच मन्त्रीद्वारा राजीनामा


प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका पाँच मन्त्रीले शुक्रबार राजीनामा दिएका छन्।

राजीनामा दिनेमा जलस्रोतमन्त्री उमा भारती, सीप विकासमन्त्री राजिव प्रताप रुडी, मानव संसाधन विकास राज्यमन्त्री महेन्द्रनाथ पाण्डे, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री कलराज मिश्र छन्।

उनीहरुले किन राजीनामा दिए भन्ने प्रस्ट छैन। प्रधानमन्त्री नरेन्द्र मोदीले नमागी नै उनीहरुले राजीनामा दिएको हुनसक्ने सम्भावना े कमै रहेको भारतीय समाचारमाध्यमले जनाएका छन्।

हिन्दुस्तान टाइम्सले मोदीले के सोचेर राजीनामा मागेका हुन् भन्ने थाहा पाउन कठीन रहेको भन्दै यी पाँच मन्त्रीको काम भने सन्तोषजनक नभएको जनाएको छ।

सन् २०१९ मा हुने भारतको संसदीय निर्वाचनलाई दृष्टिगत गरेर मोदीले आइतबार मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका पनि समाचारमाध्यमले जनाएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.