गैरआवासीय नेपाली संघको युरोप महिला संयोजकमा फ्रान्सकी गीता खनाल थापा मनोनीत भएकी छन्।
संघको हालै बसेको बैठकले एनआरएनए फ्रान्सकी पूर्वअध्यक्ष समेत रहेकी थापालाई युरोप महिला संयोजकमा मनोनयन गर्ने निर्णय गरेको हो।
हाल पेरिसमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय थापाको मनोनयनलाई युरोपका महिलाहरूले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन्।
संघका अध्यक्ष महेश श्रेष्ठले प्रभावकारी रूपमा संस्थाका गतिविधिमा सक्रिय योगदानका साथै महिलाका क्षेत्रमा गरेको योगदानको कदर स्वरूप जिम्मेवारी प्रदान गरिएको बताए।