एक्सपर्ट वेस्टर्न अस्ट्रेलिया फुटबल लिगको उपाधि नेप्लीज युनाइटेड फुटबल क्लबले जितेको छ।
नेप्लीज युनाइटेड फुटबल क्लबले गोर्खा ब्वाइज एलाई ३-० ले हराउँदै उपाधिसहित २५ सय डलर हात पारेको हो।
पर्थमा नौ साता लामो लिगपछि सम्पन्न फाइनलमा प्रतिद्धन्द्धी गोर्खा ब्वाइजलाई एकतर्फी दबाब सृजना गर्दै युनाइटेडले सहज जित हात पारेको हो।
फाइएनलमा नेप्लीज युनाइटेडका लागि लेभेन बस्नेत, मोर्डन र राजेन्द्र बुढाथोकीले एक एक गोल गरेका थिए।
प्रतियोगितामा वेस्टर्न अस्ट्रेलियाका ६ वटा नेपाली फुटबल टिम र नेपाली भाषी भुटानका दुई टिम गरी कुल ८ वटा टोलीले सहभागिता जनाएको आयोजक समितिका सदस्य कमल थापाले बताए।
वेस्टन अस्ट्रेलिया फुटबल आयोजक समितिद्धारा हरेक वर्ष आयोजना गरिने यस लिगका विजेतालाई एक भब्य कार्यक्रम बिच जनवरी तेस्रो साता गाला डिनर आयोजना गर्दै सम्मान समेत गरिने थापाले जानकारी दिए।
प्रतियोगिताको दोस्रो स्थान हात पारेको गोर्खाले भने १५ सय डलरसहित ट्रफी हात पारेको छ।
प्रतियोगिताका विजेतालाई समाजसेवी आङदावा शेर्पा, श्रीमती रोशान शेर्पा, एक्सपर्ट वेस्टर्न अस्ट्रेलियाका निर्देशक दिपेन्द्र चौधरी, समज भण्डारी, एटीसी कलेजका आशिफ अली र डेल श्रेष्ठले ट्रफी,प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए।
खेलकुदको माध्यमवाट वेष्टर्न अस्ट्रेलियामा छरिएर रहेका नेपाली युवा वर्ग र समाजलाई एक आपसमा जोडने प्रतियोगिताको मुख्य लक्ष्य रहेको आयोजक समितिका संयोजक सुवास श्रेष्ठले बताए।
प्रवासमा अध्यन गर्न आएका प्रतिभाशाली नेपाली युवाहरुलाई खेलकुदको रहर मेटाउने माध्यम तथा प्रतिभा प्रस्फुटनको सम्भावना समेतलाई मध्यनजर गरेर प्रतियोगिता केहि वर्षदेखि निरन्तरता दिँदै आएको श्रेष्ठले सुनाए।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७, १४:०५:००